दफा
वैदेशिक सहायताको भूमिकाः एक सिंहावलोकन

१. वैदेशिक सहायताको भूमिकाः एक सिंहावलोकन

१.१ नेपालले सन् पचासको दशकको मध्यतिर प्रथम पञ्चवर्षीय योजना (२०१३–२०१८) को थालनीसँगै योजनाबद्ध विकास प्रक्रियामा प्रवेश गरेपछि विकास खर्च जुटाउने संयन्त्रको रूपमा वैदेशिक सहायताको सुरुवात भएको हो । त्यस समयदेखि विकास खर्चको वार्षिक
खर्चको वार्षिक सरदर ५५ प्रतिशत वैदेशिक सहायताबाट व्यहोरिंदै आएको छ । हाल कुल गार्हस्थ्य उत्पादनमा वैदेशिक सहायताको अंश वार्षिक सरदर ५–६ प्रतिशत र कुल सरकारी खर्चको सरदर २५–३० प्रतिशत रहेको छ । क्षेत्रगत वितरणको हिसाबले वैदेशिक सहायताको सबैभन्दा बढी अंश कृषि, वन र मत्स्यपालन कार्यक्रममा खर्च भएको छ भने त्यसपछि उर्जा, यातायात, स्वास्थ्य, सामाजिक विकास र मानव संशाधन विकास जस्ता क्षेत्रहरूमा सहायता प्रवाहित भएको छ ।

१.२ नेपालको विकासमा वैदेशिक सहायताले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोछ । सार्वजनिक लगानीलाई दिगो बनाउनमा योगदान पु¥याउनुको अतिरिक्त दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्दै आवधिक योजनाहरूद्वारा निर्धारित गरिबी निवारण गर्ने उद्देश्य पूरा गर्न र महत्वपूर्ण क्षेत्रगत कार्यक्रम तथा क्रियाकलापहरूलाई टेवा पु¥याउन वैदेशिक सहायताबाट उल्लेखनीय सहयोग पुगेको छ । नेपाली अर्थतन्त्रमा संरचनात्मक बाधा, ठूलो वित्त एवं वाह्य घाटा र असन्तुलित बचत तथा लगानी अनुपात विद्यमान भएकोले वैदेशिक सहायताको भूमिका महत्वपूर्ण हुन्छ । वैदेशिक सहायताले देहाय बमोजिम सहयोग पु¥याउँछः–

(क) नेपालको न्यून आन्तरिक बचतको पूर्तिमा टेवा दिई यसलाई बढाउन र गरिबी निवारणको लागि साधन परिचालन गर्न सहयोग पु¥याउने ।
(ख) विकासका क्रियाकलापहरूलाई दू्रतगति प्रदान गर्न प्रथमिकता प्राप्त क्षेत्रहरूमा सहायता राशि प्रवाहित गर्ने ।
(ग) प्रत्यक्ष वैदेशिक लगानी र निजी क्षेत्रको लगानी आकर्षण गर्न उपयुक्त वातावरण सिर्जना गर्ने ।
(घ) अर्थतन्त्रको उत्पादन र वृद्धि गर्नका लागि प्रविधिको पहिचान, मूल्यांकन तथा अवलम्बन गर्न सकिने राष्ट्रिय क्षमता बढाउने, यो पक्ष गरिबी निवारण गर्ने आधारभूत शर्तहरूमध्ये एक हो ।
१.३ हालका वर्षहरूमा नेपालको वैदेशिक सहायताको संरचनामा आमूल परिवर्तन भएको छ । कूल वैदेशिक सहायतामा द्विपक्षीय सहायताको अंश घटेर हाल एक चौथाई भएकोछ । यसैगरी अनुदान सहयोगको अंश निरन्तर घट्दैछ भने ऋणको अंश बढेर कूल सहायताको  तीन चौथाई भएकोछ । वर्तमान वैदेशिक सहायताको ढाँचाको अर्को महत्वपूर्ण विशेषता कूल सहायतामा प्राविधिक सहायताको अंश क्रमशः वृद्धि भइरहनु हो । कूल वैदेशिक सहायताको ४० प्रतिशत भन्दा बढी अंश प्राविधिक सहायताले ओगटेकोछ र प्राविधिक सहायताको महत्वपूर्ण भाग मानिएको आयोजना विशेषसँग नजोडिएको प्राविधिक सहायता  सन् १९९०–१९९९ को अवधिमा वार्षिक १७ प्रतिशतका दरलेवृद्धि भएकोछ । कूल वैदेशिक सहायता राशिमा ऋणको अनुपात क्रमशः बढ्दै गएर नेपालले तिर्नु पर्ने वैदेशिक ऋण कूल गार्हस्थ्य उत्पादनको लगभग ५०
प्रतिशत पुगेको छ, जुन अन्य विकासोन्मूख देशहरूको तुलनामा बढी नभए पनि नेपालको लागि भने बोझिलो हुँदै गएको छ ।

१.४ देशको अर्थतन्त्रमा वैदेशिक सहायताको महत्वपूर्ण भूमिकाको महसुस गरेर यस नीतिपत्रले विकास गतिविधिहरूका लागि बढ्दो साधनको आवश्यकताको परिपूर्ति गरी वैदेशिक सहायताको उपयोगबाट प्रभावकारी रूपमा विकासको प्रतिफल प्राप्त गर्न वैदेशिक सहायताको प्रक्रिया, यसमा भएका समस्या र सम्भावनाको विश्लेषण गर्न खोजेको छ । यस नीतिपत्रको सुरुमा राष्ट्रिय तथा दातृसमुदाय दुबै पक्षको दृष्टिमा वैदेशिक सहायताको विगतको उपलब्धि र समस्याबारे संक्षिप्त रूपमा पुनरावलोकन गरिनेछ । त्यसपश्चात् यी समस्याहरूको समाधान गर्न नेपाल सरकारले अबलम्बन गर्ने विभिन्न कदमहरू सहाताको प्रवाह र संरचनालाई नियमित गरी यस्तो सहायताको उपयुक्त परिचालन गर्न सुनिश्चित गर्ने नयाँ मार्गदर्शन, नीतिहरू र रणनीति उल्लेख गरिनेछ । यसका साथै दातृसमुदायबाट
प्राप्त हुने सहायतामा यसले पार्ने असर र नेपालको विकास प्रयासमा सहयोग गर्न दातृसमुदायले समायोजन गर्नु पर्ने आफ्ना नीति एवं कार्यक्रमबारे पनि संक्षेपमा उल्लेख गरिनेछ ।